![](https://1.bp.blogspot.com/-yHsvHplUoGc/YA-45q8ayWI/AAAAAAAALoA/kDj2nyO00t4qTaqvN1RMdhEdwWy7F_YjQCNcBGAsYHQ/s16000/Gold%2BPrice%2BUp.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २० गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3mw8_aRCuEWJVOwY20w1-Oim3CT1GE6v2PJuAfdq6_-QKHPkQvSTqWJGnwrXa2810crMETQ5wlPPzN5TQ_GM2fnMXOCIRlDmzLEPRCNTcVw_U_Ns9lt_66PdWaJWAS4n5tt0ye4WNME5mlaJkFmuSLn_ywJI3iqbAgZUfgrkw3sPP_MvBNsPnZooBiA/s16000/Screenshot_75.png)
शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।