![](https://1.bp.blogspot.com/-v16z58PORoc/X6orN8uzw5I/AAAAAAAAKtc/ncRJadgnxnAXnZdpYgXwulSQW1hZWoUkgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2020-11-10%2Bat%2B11.39.42.png)
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
उहाँको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।”रासस