
ज्ञानमाण्डू।एनआईसी एशिया बैंक लिमिटेडले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । २०७७ साल कार्तिक २६ गते बुधबारका दिन बसेको बैंकको ४६२ औँ संचालक समितिको बैठकले बैंकको तेइसौँ वार्षिक साधारण सभा मंसिर २१ गते बोलाएको हो ।
तेइसौँ वार्षिक साधारण सभा एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरे को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।
साधारण सभा बैंकको रजिइष्टार्ड कार्यालय, थापाथली काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।साधारण सभाको प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ।
