
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २४०८ दशमलव २४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ९५ अंकले बढेर ४३७ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज कूल २०३ कम्पनीका १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर रु ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ मा खरिद बिक्री भए । सोमबार २०३ वटा कम्पनीको किनबेच हुँदा १२९ वटाको मूल्य बढेको छ भने ३३ वटाको मूल्यमा गिरावट आएको छ। १० वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा ९ प्रतिशत भन्दा माथिको सुधार भएको छ।

कारोवार भएका कूल १२ मध्ये १० उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ २०. ०४ अङ्कले बड्दा ट्रेडिङ ४९.४९ अङ्कले, विकास बैंक ५३.३२ अङ्कले, होटल १७५.०६, जलविद्यु त् ३ ३.६, वित्त ३९.५५, निर्जीवन बीमा १२४.६६, उत्पादन १२०.३७, अन्य ५४.०८ अङ्कले र जीवन बीमा ३७९.११ अङ्कले वृद्धि भएको छ। त्यस्तै, लघुवित्त २७.८१ अङ्कले घट्दा सामूहिक लागनी कोष ० अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ५८ करोड ३३ लाख ७७ हजार ९२३ मा खरिद बिक्री भयो । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको शेयर रु २९ करोड ९० लाख ८ हजार २९७ मा कारोवार भयो । यता लाइफ इन्स्योरेन्सको शेयर रु २७ करोड ३८ लाख ५५ हजार ४०१, सेन्चुरी कमर्सियल बैंकको शेयर रु २६ करोड ९८ लाख ८७ हजार ४३ मा कारोवार भयो । शिखर इन्स्योरेन्सको २० करोडमाथि, एन आइसी एशिया बैंकको १७ करोडमाथि, प्रभु बैंक र ग्लोबल आइ एमई बैंकको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

परिसूचक उकालो लाग्दा सेन्चुरी कमर्सियल बैंक र प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले क्रमश ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै , माउन्टेन इनर्जी नेपाल र सोल्टी होटलका लगानीकर्ताले क्रमश ९ दशमलव ९१ र ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

यता कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव २४ प्रतिशतका दरले गुमाएका छन् , गुरास लाघुवित्तका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले तथा सारथी नेपाल लाघुवित्तका लगानीकर्ताले ४ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् ।