ज्ञानमाण्डू। राधी विद्युत कम्पनी लिमिटेडले आज साउन ३० गते (आज) वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौमा बिहान ११:३० बजे देखि Zoom Meeting बाट आरम्भ हुने जानकारी दिएको छ। शेयरधनीले आफ्नो नाम र E-mail Address कम्पनीको E-mail ठेगाना [email protected] मा पठाउनु पर्नेछ र कम्पनीलाई उपलब्ध गराएको E-mail मार्फत सम्बन्धीत शेयरधनीहरुलाई सभा हुनु भन्दा अघिल्लो दिन Zoom ID / Passcode उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।
सभाले कम्पनीको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। त्यसै गरी हाल सम्मको लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि साउन २० गते बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।