![](https://1.bp.blogspot.com/-3ZS0nVQXvxQ/YD9QCxyUEII/AAAAAAAAMJE/YStcLMtNnYERCCbakDwPczlMll6-ZU2CACNcBGAsYHQ/s16000/Nepal%2BTelecom.png)
ज्ञानमाण्डू।नेपाल दूरसंचार कम्पनी लिमिटेडको मिती २०७७ साल फागुन १९ गते बुधबारका दिन बसेको सञ्चालक समितिको ८८८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई प्रतिशेयर ४० रुँपैयाका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बुधबारका दिन बिहान ८ बजे केन्द्रीय कार्यालय भद्रकालीमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ मुनाफाबाट आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई लाभांश स्वरूप प्रतिशेयर ४० रुँपैयाका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने कम्पनीले जानकारी दिएको छ ।
नेपाल दूरसंचार कम्पनी लिमिटेडले हाल कायम १५ अर्व रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष नेपाल दूरसंचार कम्पनीले प्रतिकित्ता ४५ रुपैयाँ नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गरेको थियो । हाल नेपाल दूरसंचार कम्पनी लिमिटेडको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ संचित छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-Y1WdqGTfQJI/YD9Q2nnpBxI/AAAAAAAAMJM/BPtFXPZWt1IqdTXDKNDnkRQuqfi6aeaZwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-03%2Bat%2B14.25.46.png)