![](https://1.bp.blogspot.com/-4LpboEfn1Aw/YEB7eBlcfJI/AAAAAAAAMNc/jP3iR0ZarT0VpZc-NAAHpu2sCu1VQeeRACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-04%2Bat%2B12.02.11.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बिहिबार सिभिल लघुवित्तको ३ दशमलव ५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९६६ रुपैयाँ निर्धारण भएको छ।
![](https://1.bp.blogspot.com/-7EHE5fO5pZ4/YEB6bZSH0sI/AAAAAAAAMNU/9JiIUDBm9YghvdbsRm5y29voUgrKDZYIwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-04%2Bat%2B11.28.32.png)
सोही मूल्यलाई आधार मानेर बिहीबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले लघुवित्तको अघिल्लो कारोबारी दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ५ गते बस्ने साधारण सभाको लागि बिहीबार फागुन २० गते बुक क्लोज गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ दशमलव ५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव १८ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्न लागेको हो । बिहीबार फागुन २० गते बुक क्लोज गरेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार फागुन १९ गतेसम्म कायम शेयरधनी तथा लगानिकर्ताहरुले मात्र सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउन योग्य हुने छन् ।