ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला नौं सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार एक सय ५० रुपैयाँ तोकिएको छ ।
बिहिबार फागुन २० गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । बिहिबार फागुन २० गतेका दिन नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
![](https://1.bp.blogspot.com/-4L44vhZqY0k/YEHdHIahS-I/AAAAAAAAMPw/a_UO7L-3rukQ5Q3BwEPNhjnKRP8IbypcgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-05%2Bat%2B13.10.19.png)