
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार ज्योति विकास बैंकको कुल ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
