
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर २४५८ दशमलव ४८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव शुन्य दुई अंकले बढेर ४४५ दशमलव २३ को विन्दुमा पुगेको छ ।

आज कूल २०५ कम्पनीका ७८ लाख १६ हजार ८७४ कित्ता शेयर रु ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १३ मध्ये ७ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह १० दशमलव ९ अङ्कले घट्दा विकास बैंक १०.८४ अङ्कले, निर्जीवन बीमा १२७.३६ अङ्कले, लघुवित्त ४०.०१ अङ्कले, जीवन बीमा १२८.८३ अङ्कले र सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव शुन्य तिन अङ्कले घटेका छन् । त्यस्तै, यता ट्रेडिङ उपसमूह २९६ दशमलव ९७ अङ्कले बड्दा होटल तथा पर्यटन उपसमूह ५१.७२ अङ्कले, जलविद्युत् उपसमूह ४.१८ अङ्कले, वित्त ४.५३ अङ्कले, उत्पादन ९५.७६ अङ्कले, अन्य ३८.७३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव शुन्य दुई अङ्कले बढेको छ ।
