ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३१ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात साेमबार साउन ३० गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।
सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
