
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ५ गते, बिहिबारका दिन छापावाला सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।
बुधबार चैत ४ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले उकालो लागेको देख्न सकिन्छ ।