![](https://1.bp.blogspot.com/-HZ-pUkR6Kic/YLTOOVKSV4I/AAAAAAAAN3o/RCNN6QRPRrYcPjBRJmxkWMzbEojN0otWwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-17%2Bat%2B11.12.34.png)
ज्ञानमाण्डू।राधी विद्युत कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश सँगै हकप्रद पनि वितरण गर्ने भएको छ । कम्पनीले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात् आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ ।
राधी विद्युत कम्पनीको आईतबार मिति २०७८ साल जेष्ठ १६ गते अपरान्ह ५:०० बजे सम्पन्न संचालक समितिको बैठकले गरेको निर्णय अनुसार आफ्नो शेयरधनीहरुलाई आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस शेयर वितरण पश्चात् कायम हुने रु. ६४,६४,०४,६२२.५०/- (अक्षरुपी रुपैयाँ चौसट्ठी करोड चौसठ्ठी लाख चार हजार छ सय बाईस र पचास पैसा मात्र) बराबर चुक्ता पूँजीको १४७.५२ प्रतिशतले हुन आउने १ शेयर बराबर नयाँ १.४७५२ (१ : १.४७५२) शेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले ९५,३५,७६०.९९ कित्ता बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित हकप्रद आगामी १५ औं बार्षिक साधारण सभामा पेश गरि उक्त सभाबाट अनुमोदन भएपछि मात्र निष्काशन हुने कम्पनीले जानकारी दिएको छ। साथै आ.व. २०७६/७७ को वार्षिक साधारण सभा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) को महामारीको स्थितिलाई ध्यानमा राखि यथासिघ्र गर्ने निर्णय गरेको राधी विद्युत कम्पनीले जनाएको छ ।
![](https://1.bp.blogspot.com/-FrJiPshCEjg/YLTN_DeIGbI/AAAAAAAAN3k/hIajnskZFcUF4CcZ0x-FaWKeGONWopd2QCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-31%2Bat%2B17.37.04.png)