सोमबार नेप्सेमा तिन कम्पनीहरुको १२ लाख ७४ हजार कित्ता बोनस सेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार चैत २३ गतेका दिन तिन विभिन्न कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो। सोमबार नेप्सेमा उक्त तिन कम्पनीहरुको कुल १२ लाख ७४ हजार १२८ दशमलव ५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको कुल १ लाख २७ हजार ५ सय ७५ कित्ता बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।


त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ दशमलव ३७ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कुल ६ लाख १० हजार ९ सय ९८ दशमलव ७९५० कित्ता बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।


यता, ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा सोमबार ङादी ग्रुप पावर लिमिटेडको कुल ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x