![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ३१ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ तोकिएको छ ।
सोमबार चैत ३० गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
![](https://1.bp.blogspot.com/-Vn45XePi5KI/YHUtxXWmGnI/AAAAAAAANJs/Z28TR2pTqu8X7KvdByTyfHxp1kUwimiQgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-13%2Bat%2B11.19.42.png)
मङ्गलबार सुनको मूल्यमा गिरावट आएसँगै चाँदीको मूल्य पनि वृद्धि घटेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले ओरालो लागेको देख्न सकिन्छ।