
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार , चैत ३१ गतेका दिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कुल ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।