
ज्ञानमाण्डू।साताको अन्तिम कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २६११ दशमलव १० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९१ अंकले बढेर ४६९ दशमलव ०२ को विन्दुमा पुगेको छ ।

आज कूल २१७ कम्पनीका ९८ लाख १८ हजार ४६ कित्ता शेयर रु ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब २० अर्ब ८२ करोड ७९ लाख २० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र दुई उपसमूहको शेयर ऒरालो लागेको छ । आज बैंकिङ उपसमूह ७ दशमलव ५५ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १२६ दशमलव ५४ अङ्कले, विकास बैंक उपसमूह २७ दशमलव ३ अङ्कले, जलविद्युत उपसमूह ८० दशमलव २ अङ्कले, वित्त उपसमूह ५ दशमलव २३ अङ्कले, निर्जीवन बीमा १२४ दशमलव ८ अङ्कले, उत्पादन उपसमूह १०३ दशमलव ६८ अङ्कले, अन्य उपसमूह ५० दशमलव ७३ अङ्कले, लघुवित्त उपसमूह ४४ दशमलव ३६ अङ्कले, जीवन बीमा उपसमूह १४२ दशमलव ८८ अङ्कले र सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०१ अङ्कले बढेको छ। यता , होटल तथा पर्य टन उप समूह २७ दशमलव ७७ अङ्कले घट्दा लगानी उपसमूह शुन्य दशमलव ११ अङ्कले घटेको छ।

कारोबारको आधारमा आजनेपाल नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ३० करोड ९६ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ५३ प्रतिशतले बढेको छ । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको १८ करोड ७२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ०१ प्रतिशतले बढेको भएको छ ।
आज हिमालयन पावर पार्टनर लिमिटेडको १६ करोड ७३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, अपार तामाकोशी हाइड्रोपावर लिमिटेडको १६ करोड ६६ लाख रुपैयाँ माथिको र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको १४ करोड ७१ लाख माथिको शेयर कारोबार भएको छ।

आज सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसै गरि, विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९ प्रतिशतका दरले कमाएका छन्। यता सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलप्मेन्ट लिमिटेडका लगानीकर्ताले ७ दशमलव ३० प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् । यता नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले २ दशमलव ३० प्रतिशतका दरले गुमाएका छन् भने यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन्।