
ज्ञानमाण्डू। साताको पहिलो कारोबारी दिन, धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २६१८ दशमलव ५६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ३१ अंकले घटेर ४७० दशमलव ७३ को विन्दुमा पुगेको छ ।
आज कूल २१९ कम्पनीका १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर रु ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह शुन्य दशमलव २८ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६१ दशमलव ६१ अङ्कले, होटल तथा पर्यटन ४१.७८ अङ्कले, विकास बैंक १.३६ अङ्कले, जलविद्युत् उपसमूह ३४.०५ अङ्कले, वित्त १२.२१ अङ्कले, लघुवित्त ९७.०६ अङ्कले, निर्जीवन बीमा ३१.२९ अङ्कले, उत्पादन ९२.३७ अङ्कले, अन्य उपसमूह २७.९२ अङ्कले, जीवन बीमा १४७.६४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९२ अङ्कले घटेका छन्। 
धितोपत्र बजारमा गिरावट, नेप्से २६१८.५६ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    
    
    
    