ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ६८ अंकले बढेर २७९३ दशमलव ८९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ६४ अंकले बढेर ४९७ दशमलव २२ को विन्दुमा पुगेको छ ।
आज कूल २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर रु ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ०९२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये उत्पादन उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४ दशमलव ७१ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ७६.८ अङ्कले, होटल तथा पर्यटन उपसमूह २००.१८ अङ्कले, विकास बैंक उपसमूह १००.४५ अङ्कले, जलविद्युत ९६.९८ अङ्कले, वित्त उपसमूह ८०.५५ अङ्कले, निर्जीवन बीमा ८१.०७ अङ्कले, अन्य उपसमूह १६.५१ अङ्कले, लघुवित्त उपसमूह ८५.४१ अङ्कले, जीवन बीमा २०४.१४ अङ्कले सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह २ दशमलव ८५ अङ्कले बढेको छ । यता, उत्पादन उपसमूह ५.२८ अङ्कले घटेको छ।
धितोपत्र बजारमा ३४.६८ अंकको वृद्धि, नेप्से परिसूचक २७९३.८९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
