![](https://1.bp.blogspot.com/-penPiRpknM8/YKsyMe74xyI/AAAAAAAANyA/DeC78lDhJSo93USh-y2U0KaZoSzKIx36gCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-24%2Bat%2B10.42.02.png)
ज्ञानमाण्डू।नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल जेठ ९ गते, आईतबारका दिन बसेको सञ्चालक समितिको ४०६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १६ दशमलव ३२ प्रतिशतले हुन आउने रकम लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ दशमलव ५ प्रतिशतले हुन आउने रकम रकम बराबरको बोनस शेयर र ०.८२ प्रतिशतले हुन आउने रकम नगद लाभांश(बोनस शेयरमा लाग्ने कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । गत आर्थिक वर्ष नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ दशमलव १६ प्रतिशतले हुन आउने रकम नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
![](https://1.bp.blogspot.com/-nHaRmnQIIYc/YKsxKowwI8I/AAAAAAAANx4/RR4m57g6oVEGyNACRxP0yS5B0OkB4SICwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-24%2Bat%2B10.37.41.png)