
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव २१ अंकले घटेर २९०६ दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३८ अंकले घटेर ५२० दशमलव ६३ को विन्दुमा पुगेको छ ।

आज कूल २२१ कम्पनीका ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर रु १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ०६३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये विकास बैंक २६०.०६ अङ्कले बढ्दा जलविद्युत् उपसमूह ९१.६५ अङ्कले, वित्त १६२.९४ अङ्कले, निर्जीवन बीमा ३१.६५ अङ्कले, अन्य उपसमूह ५.१ अङ्कले, जीवन बीमा १६.०४ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ३१ दशमलव ७४ अङ्कले, ट्रेडिङ उपसमूह ९२ दशमलव २७ अङ्कले, होटल तथा पर्यटन ४२.४९ अङ्कले, उत्पादन २१.२ अङ्कले, लघुवित्त २२.४३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १ अङ्कले घटेका छन्।
