![](https://1.bp.blogspot.com/-wkyz8kk73LY/YMBlRQNn4vI/AAAAAAAAN9k/1WcMjAb02lEfC0TDLfShKTM4I7_nQz2IwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-06-09%2Bat%2B12.37.35.png)
ज्ञानमाण्डू।मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ।
यस अघि मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रति शेयर अंकित मूल्य रु. १००/- का दरले ३७,२६० कित्ता साधारण शेयर (अकिंत मुल्यमा प्रिमियम थप गरी) सार्वजनिक निष्काशन गर्ने जनाएको थियो। लघुवित्तले त्यस पश्चात शेयर संख्या परिवर्तन गर्दै प्रति शेयर अंकित मूल्य रु. १००/- का दरले ५१,३१६ कित्ता साधारण शेयर (अकिंत मुल्यमा प्रिमियम थप गरी) कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने जानकारी दिएको छ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । एफपीओ निष्काशन सम्बन्धी कार्यका लागि मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिच यस अघिनै सम्झौता भएको लघुवित्तले जनाएको छ ।
![](https://1.bp.blogspot.com/-bizWb7_scrY/YMBkQ3p-0_I/AAAAAAAAN9c/oWtIV-sqAv02GYdrm09sEFm0tuXg3g4ywCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-06-09%2Bat%2B12.33.14.png)