
ज्ञानमाण्डू।नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल अषाढ ७ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ३४० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २० प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैँयाको १६ दशमलव ५० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ३ दशमलव ५० प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश(बोनस शेयरमा लाग्ने कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने पहिलो लाभांश हो ।
