मनकामना स्मार्ट लघुवित्तको आईपीओमा यसरी पर्यो आवेदन , सर्वसाधारणद्वारा ६३.८४ गुणा बढी माग

 

ज्ञानमाण्डू।मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि अषाढ १७ गतेदेखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतबार साँझ ६ः१५ बजेसम्ममा अर्थात अषाढ २० गते आइतबारका दिन कार्यालय समयसम्ममा १७ लाख ६३ हजार ७९४ जना आवेदकले २ अर्ब ३२ करोड ७ लाख ४६ हजार रुपैंया बराबरको २ करोड ३२ लाख ७ हजार ४६० कित्ता प्राथमिक शेयरका लागि आवेदन दिएका छन् ।

यसर्थ, लघुवित्तले सर्वसाधारणका लागि निष्काशनमा ल्याएको ३ लाख ६३ हजार ४९२ कित्ता साधारण शेयरलाई आधार मान्दा कम्पनीको आईपीओमा आइतबार कार्यालय समयसम्ममा मागभन्दा ६३ दशमलव ८४ गुणा बढी आवेदन परेको देखिन्छ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कूल जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैंयाको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ३ लाख ८९ हजार कित्ता साधारण शेयर मध्ये कूल जारी पूँजीको ०.५% अर्थात् ६ हजार ५८ कित्ता शेयर कर्मचारीहरुलाई र कुल निष्काशनको ५% अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ३ लाख ६३ हजार ४९२ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा छिटोमा अषाढ २१ गतेसम्ममा आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ICRA Nepal Limited ले मिति २०७७/११/१२ मा “समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने [ICRANP-IR BB- Prounced as ICRANP Issuer Rating Double BMinus ]" प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८/११/११ सम्म रहनेछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा - (घटाउ) चिन्हले सम्बन्धीत रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थीतीलाई जनाउँदछ। यसको अर्थ [ICRANP-IR]BB- को स्थिती [ICRANP-R]BB भन्दा एक चिन्ह तल रहन्छ।

यस वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्ता पूँजी रु. ८,२२,५०,००० (अक्षरेपी आठ करोड बाइस लाख पचास हजार मात्र) रहेको छ । जसलाई रु.१०० का दरले ८,२२,५०० (आठ लाख बाइस हजार पाँच सय मात्र) थान शेयरमा विभाजन गरिएको छ । यस विवरणपत्र मार्फत सर्वसाधारणलाई रु. ३,८९,००,००० (अक्षरेपी तीन करोड उनानब्बे लाख मात्र) रकम बराबरको शेयरको निष्काशन पश्चात्लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १२,११,५०,००० (अक्षरेपी बाह्र करोड एघार लाख पचास हजार मात्र) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x