![](https://1.bp.blogspot.com/-nzcpyawS49w/YOMeoqY7Z9I/AAAAAAAAOPA/dHMpY_L0YpcbgG3q_sy9a1dskwAtKrF3ACNcBGAsYHQ/s16000/Nepse%2BJust%2BListed.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, अषाढ २१ गतेका दिन दुई लघुवित्त संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको गरि कुल २४ लाख ३ हजार ४२१.७७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ दशमलव ३९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। स्वरोजगार लघुवित्तको कुल ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।
निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। निर्धान उत्थान लघुवित्तको कुल १९ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।