ज्ञानमाण्डू।नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “37 Days of Happiness” अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले अषाढ २८ देखी लागु हुने गरि ३७ दिन सम्म नया “व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल icard, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ । उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध हुने हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।