![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ६ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjD9jAeCm2oEq93zVjlE5K_2vGlHCpbWgzQMXOa5U1nKC1xFD-yFrn8qtbeHUkjd925f9Og0wzdxKvpq-uOEb32SR-X_oUN-RQY9GCGfjXso8uRh2LZIa5BouGMPNk5W8PQ6tOXQ6dUScSh1oFVya_7cxW6lE9HUgSrrzrA4TsrUgxrp9OnDOfPjjSzXw/s16000/Screenshot_91.png)
साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।