
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ६ गते, बुधवारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार साउन ५ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार साउन ५ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।