
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ७ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।