
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १२ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।


अघिल्लो कारोबारी दिन अर्थात साेमबार साउन ११ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।

मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।