![thumbnail deprosc laghubitta](https://1.bp.blogspot.com/-oxox_ggGZQk/YCTcJI0a8nI/AAAAAAAAL7s/_w0rhT0uByUdpBc1KOuTz3yT3zoavFfqwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-02-11%2Bat%2B13.11.07.png)
ज्ञानमाण्डू। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १५९.५५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको डिप्रोक्स लघुवित्तले ६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै डिप्रोक्स लघुवित्तले ७ अर्ब ७८ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
डिप्रोक्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४२.७९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १७७६ काे आधारमा मूल्य आम्दानी अनुपात २८.७७ गुणा रहेको छ ।