ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३०८१ दशमलव ०५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २४ अंकले बढेर ५७२ दशमलव १५ को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीका ३ करोड ०३ लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह ७० दशमलव ६५ अङ्कले बढ्दा विकास बैंक उपसमूह १९ दशमलव २७ अङ्कले, जलविद्युत ७९.९१ अङ्कले, उत्पादन उपसमूह ३४.७८ अङ्कले, लघुवित्त उपसमूह ६५.२१ अङ्कले र लागनी कोष १ दशमलव ८३ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ५ दशमलव ६३ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ९१ दशमलव ४७ अङ्कले, वित्त उपसमूह ३१.७२ अङ्कले, निर्जीवन बीमा १७१.५७ अङ्कले, अन्य उपसमूह ३१.५८ अङ्कले, जीवन बीमा २०९.३ अङ्कले र सामूहिक लगानी उपसमूह शुन्य दशमलव ०२ अङ्कले घटेको छ।
धितोपत्र बजारमा १.२५ अंकको वृद्धि, नेप्से परिसूचक ३०८१.०५ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
