ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर ३१०९ दशमलव ६६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ०५ अंकले घटेर ५७५ दशमलव ९५ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । जलविद्युत ११९ दशमलव ५७ अङ्कले बढ्दा वित्त उपसमूह ९० दशमलव ९१ अङ्कले, निर्जीवन बीमा ३९ अङ्कले, अन्य उपसमूह ८.४१ अङ्कले र जीवन बीमा ४८.४ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १२ दशमलव ०८ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४३ दशमलव ८३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३७.६६ अङ्कले, विकास बैंक उपसमूह ५३.१२ अङ्कले, उत्पादन उपसमूह ५५.८२ अङ्कले, लघुवित्त उपसमूह ५५.४४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६४ अङ्कले घटेको छ।