
ज्ञानमाण्डू।युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल भाद्र २१ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको १६६ औ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको कमाइबाट हाल कायम शेयरधनीहरुलाई प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने युनिलिभर नेपाल लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा युनिलिभर नेपाल लिमिटेडले शतप्रतिशत अर्थात १०० प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।