ज्ञानमाण्डू।सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल आश्विन ६ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १७.८९४७ प्रतिशतले हुन आउने लाभांश(कर समेत) स्वरूप वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने सानिमा बैंक लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा सानिमा बैंक लिमिटेडले १० प्रतिशतले हुन आउने रकम बोनस शेयर र ३.६ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
![](https://1.bp.blogspot.com/-uAHJeBCDGWY/YUwMXhfC_iI/AAAAAAAAPfs/-OQj8yRviAA9y2LtzlgP_Mab5rreZCJwQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-23%2Bat%2B10.55.34.png)