![](https://1.bp.blogspot.com/-Zgr6_HA1WgY/YT35gMZa0LI/AAAAAAAAPUA/U0Z1yJ_OzHMtuFWOGbVj5uJi97p3biCeQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-12%2Bat%2B18.43.20.png)
ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक लि.ले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ ।
विगत लामो समय देखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंक लि.ले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको जानकारी दिएको छ ।
ग्राहक महानुभावले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको apply now section मा गई वा सिधै https://www.machbank.com/demat/ लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहक महानुभावहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।