ज्ञानमाण्डू। मेगा बैंक नेपालको नाफा ३८.९८ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ४३ करोड ७४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ६० करोड ७९ लाख ४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैंक नेपालले १ खर्ब २९ अर्ब ६१ करोड ७२ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १७ अर्ब ६९ करोड ३२ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ९९ करोड ९४ लाख ९५ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब २९ कराेड ११ लाख ४४ हजार रूपैयाँ रहेको छ ।
As on 30th Ashoj 2077 BS
विवरण | प्रथम त्रैमास २०७७/७८ (रू हजारमा) |
चुक्ता पुँजी | रू १३,१३,८६,२१ |
निक्षेप संकलन | रू १,२९,६१,७२,१६ |
कर्जा लगानी | रू १,१७,६९,३२,७० |
खुद ब्याज आम्दानी | रू १,३३,१४,९२ |
नाफा/(नाेक्सान) | रू ६०,७९,०४ |
जगेडा कोष | रू २,९९,९४,९५ |
संचित मुनाफा | रू २,२९,११,४४ |
निष्कृय कर्जा | १.०१% |
प्रतिशेयर आम्दानी | १८ रुपैयाँ ५१ पैसा |
प्रतिशेयर नेटवर्थ | १४० रुपैयाँ ४८ पैसा |
आम्दानी अनुपात | १२.४३ गुणा |
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.२८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड १४ लाख ९२ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ५ कराेड ५६ लाख ६३ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.०१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा छ र मूल्य आम्दानी अनुपात १२.४३ गुणा छ ।