ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ३६ अंकले घटेर १९८९ दशमलव २६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ०५ अंकले घटेर ३८५ दशमलव ७० को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीहरूका ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर रु २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शुन्य दशमलव ०८ अङ्कले बढेकाे छ । बैंकिङ उपसमूह १० दशमलव ५२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५० दशमलव ४३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७१.३९ अङ्कले, विकास बैंक उपसमूह ९४.११ अङ्कले, जलविद्युत उपसमूह ८१.६२ अङ्कले, वित्त उपसमूह ६४.८८ अङ्कले, निर्जीवन बीमा १६५.९४ अङ्कले, उत्पादन उपसमूह ६३.२३ अङ्कले, अन्य उपसमूह १२.०१ अङ्कले, लघुवित्त उपसमूह १०३.६४ अङ्कले, जीवन बीमा उपसमूह ११४.८८ अङ्कले र लगानी उपसमूह १.६२ अङ्कले घटेका छन् ।