![](https://1.bp.blogspot.com/-p4ly-URH17s/YVGb93KIDLI/AAAAAAAAPjs/738dV84ZQbwhjaAxuwOYJ7kb17cFS4d0gCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-27%2Bat%2B16.09.42.png)
ज्ञानमाण्डू।गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल असोज १० गते, आइतबारका दिन बसेको सञ्चालक समितिको १०२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १७.७९६ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैंयाको १६.९०६ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैँया बराबरको बोनस शेयर र ०.८८९८ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैँया बराबरको नगद लाभांश गरी कुल १७.७९६ प्रतिशत, लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने गुराँस वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा गुराँस लघुवित वित्तिय संस्था लिमिटेडले ७.६१ प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.४ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।
![](https://1.bp.blogspot.com/-0jS0BYWmi1U/YVGam0rAA6I/AAAAAAAAPjk/OMTKp4Q-b9A5Xivp-O8-VcwNOLzUDbgwwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-27%2Bat%2B16.03.49.png)