
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज १३ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ८८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार असाेज १२ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ ।