
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज २० गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार असाेज १९ गतेका दिन, छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच हुँदैछ ।