ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढेर २७६९ दशमलव १३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४९ अंकले बढेर ५१६ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
आज कूल २२८ कम्पनीका १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर रु ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये चार उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १३ दशमलव २६ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २३ दशमलव ४६ अङ्कले, वित्त उपसमूह ९.६६ अङ्कले, निर्जीवन बीमा १७८.२३ अङ्कले, अन्य उपसमूह २२.८१ अङ्कले, लघुवित्त उपसमूह ५८.६ अङ्कले, जीवन बीमा ३१७.७४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १४ अङ्कले र लगानी उपसमूह शुन्य अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह १० दशमलव २४ अङ्कले घट्दा विकास बैंक उपसमूह १ दशमलव ५५ अङ्कले, जलविद्युत २०.३८ अङ्कले र उत्पादन उपसमूह ४४.०८ अङ्कले घटेको छ।
धितोपत्र बजारमा १८.०६ अंकको वृद्धि, नेप्से परिसूचक २७६९.१३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
