दराज मेगासेल ११.११ मा नबिल बैंकको आकर्षक छुट र क्यासब्याक अफर


ज्ञानमाण्डू।नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंक ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको छ ।

दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x