ज्ञानमाण्डू। यस माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लि., NITV Streamz Private Limited र Worldlink Communication Ltd. बीच त्रिपक्षिय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communication Ltd. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त सम्झौता बमोजिम साे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको Instapay सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज EMI मा लिन सक्ने ब्यवस्था रहेको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz Private Limited र Worldlink Communication Ltd. ले संचालन गरेको FESTVTY offer मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट उपभोग गर्न सक्नेछन् । बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा Worldlink Communication Ltd. र NITV Streamz Private Limited को नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराउने बैंकले जनाएकाे छ ।