ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष १८ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार पुष १६ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।
सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा ७ सय रुपैयाँ बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
