ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर २८०३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ९९ अंकले घटेर ५२१ दशमलव ८८ को विन्दुमा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये लगानी उपसमूह २ दशमलव ८२ अङ्कले, उत्पादन उपसमूह ६ दशमलव २९ अङ्कले र ट्रेडिङ उपसमूह २० दशमलव ०६ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह २२ दशमलव १७ अङ्कले घट्दा , होटल तथा पर्यटन उपसमूह ७०.७३ अङ्कले, विकास बैंक उपसमूह १२२.५४ अङ्कले, वित्त उपसमूह ५७.७६ अङ्कले, निर्जीवन बीमा २६६.४५ अङ्कले, जलविद्युत उपसमूह ६.८८ अङ्कले, अन्य उपसमूह ७६.३० अङ्कले, लघुवित्त उपसमूह ६१.५६ अङ्कले, सामूहिक लागनी कोष उपसमूह ०.०५ अङ्कले र जीवन बीमा १८९.०२ अङ्कले घटेको छ।