![thumbnail kumari bank](https://1.bp.blogspot.com/-7VQ8oDP9XJc/YIUOBh7HS3I/AAAAAAAANX8/2nazV4yuvc0IZm8gXm6y1UuPf_FKlA4EQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-25%2Bat%2B12.21.33.png)
ज्ञानमाण्डू। कुमारी बैङ्कको नाफा २१.७७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब २१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले ९५ कराेड १७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१४ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैङ्कले १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ र संचित मुनाफा १८ कराेड २१ लाख रूपैयाँ रहेको छ ।
Click here to join Gyanmandu.com's Viber Community
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.०३ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १३ कराेड ८३ लाख रुपैयाँ रहेकाे छ ।
बैंककाे निष्कृय कर्जा अनुपात १.०६ प्रतिशत र प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८० पैसा र पछिल्लाे काराेबार मूल्य रू २८३ काे आधारमा मूल्य आम्दानी अनुपात २१.८७ गुणा रहेकाे छ ।