![](https://1.bp.blogspot.com/-U5bHtPAIQo4/YECrULM4BMI/AAAAAAAAMOA/OQZC8hWuw3UVcMSSBCbSWNKmaLEWQpOsQCNcBGAsYHQ/s16000/Nepse%2BGoes%2BUp%2B.png)
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ६८ अंकले बढेर २६६४ दशमलव ६१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५० अंकले बढेर ४७९ दशमलव ६० को विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-p0jwaekugTo/YH6uwhFw3CI/AAAAAAAANSI/UPDQSQtCEz08JAqHFi_0czFxApdCQTOvQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-20%2Bat%2B16.21.00.png)
आज कूल २१६ कम्पनीका १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर रु ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ८९ अर्ब ६९ करोड ७५ लाख ७० हजार बराबर पुगेको छ ।
![](https://1.bp.blogspot.com/-hVl9q9HxA3c/YH6vz0PQEdI/AAAAAAAANSQ/HcewLB1yuIAKWZjkRup-7KtYHt976wAzgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-20%2Bat%2B16.21.17.png)
कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र चार उपसमूहको शेयर ऒरालो लागेको छ । आज ट्रेडिङ उपसमूह ३४ दशमलव ३२ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १ दशमलव ६५ अङ्कले, विकास बैंक उपसमूह ४८ दशमलव ४२ अङ्कले, जलविद्युत उपसमूह ३१ दशमलव ७७ अङ्कले, वित्त उपसमूह ४ दशमलव ८८ अङ्कले, उत्पादन उपसमूह ५ दशमलव ८७ अङ्कले, अन्य उपसमूह ४ दशमलव ५ अङ्कले, लघुवित्त उपसमूह ६ दशमलव १९ अङ्कले र जीवन बीमा उपसमूह ५३ दशमलव ९८ अङ्कले बढेको छ। यता , बैंकिङ उपसमूह १ दशमलव ३७ अङ्कले घट्दा निर्जीवन बीमा २४ दशमलव ३९ अङ्कले सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह १ दशमलव ०५ अङ्कले घटेको छ।
![](https://1.bp.blogspot.com/-QHKcelYLjbo/YH60hIzfSlI/AAAAAAAANSY/_tRRhEl1XwQmsfvZLudbncmGpGjZOHXxgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-20%2Bat%2B16.46.01.png)
कारोबारको आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । आज नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल पूर्वाधार बैंक लिमिटेडको १९ करोड ८६ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज शुन्य दशमलव ५२ प्रतिशतले घटेको भएको छ ।
आज नबिल बैंक लिमिटेडको १५ करोड ८२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको १५ करोड ६४ लाख रुपैयाँ माथिको र अरुण काबेली पावर लिमिटेडको १४ करोड ३३ लाख माथिको शेयर कारोबार भएको छ।
![](https://1.bp.blogspot.com/-p1JDX1xTywA/YH61dDhdXJI/AAAAAAAANSg/YAXRF7hfk3MF2o89cVs26mze8xREnqVZACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-20%2Bat%2B16.50.05.png)
आज महिला लघुवित्त वित्तिय संस्था लिमिटेड र युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसै गरि, ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन्। यता हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् भने लिबर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन्।
![](https://1.bp.blogspot.com/-ikoLQFUvM1c/YH629tMoKiI/AAAAAAAANSo/eixxk3-_5IsnjGAcOiP4_VkNThl3ZVdhACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-20%2Bat%2B16.56.32.png)
त्यसैगरी आज सबैभन्दा धेरै समृद्धि फाईनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले २ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् । यता ओरियन्टल होटल्स लिमिटेडका लगानीकर्ताले २ दशमलव २२ प्रतिशतका दरले गुमाएका छन् भने एन आर एन लिमिटेडका लगानीकर्ताले २ दशमलव ०४ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै , चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले २ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन्।