
ज्ञानमाण्डू। चालु आर्थिक वर्षको पुष महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा २० निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । औसतमा निर्जीवन बीमा कम्पनीहरूले ९५ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ६ निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १४ यस्ता निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।
चालु आर्थिक वर्षको पुषसम्ममा सर्वाधिक बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स कै प्रभुत्व :
चालु आर्थिक वर्षको पुषसम्ममा शिखर इन्स्योरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले २ अर्ब ४३ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, सगरमाथा इन्स्योरेन्सले सोही अवधिसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।
समीक्षा अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यी संस्थाहरूले चालु आर्थिक वर्षको पुषसम्ममा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ।
Click here to join our viber community.
त्यस्तै, यूनाइटेड इन्स्योरेन्सले ८८ करोड २१ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ८४ करोड ६७ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ८२ करोड ४७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८२ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ७९ करोड २१ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ७७ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त निर्जीवन बीमाले ४६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा, जनरल इन्स्योरेन्सले ४६ करोड ५५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४७ करोड ७८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६१ करोड ६५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ६७ करोड ९ लाख रुपैयाँ र ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ६९ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।
नेपालमा सञ्चालनमा रहेका जम्मा २० निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुष महिनासम्म आइपुग्दा कुल १४ लाख ८५ हजार ८५१ बीमालेख सङ्ख्या जारी गरेका छन् ।