ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ करोड ५० लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ३२ करोड ३८ लाख ०२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकास लघुवित्तले २६ अर्ब ७६ करोड ०५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साना किसान विकास लघुवित्तले १४ अर्ब ७४ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ रहेको छ
साना किसान विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर ६१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ०.६० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ५२ पैसा छ र पछिल्लो कारोबार मूल्य रु १३३५ को आधारमा मूल्य आम्दानी अनुपात ३२.१३ गुणा रहेको छ ।